तेस्रो चापाकोट होमस्टे सांस्कृतिक महोत्सव मंगलबारदेखि
पाेखरा | माघ २३, २०७९
पोखरा: पोखरा महानगरपालिका २३ मा तेस्रो संस्करणको चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव मंगलबारदेखि सुरु हुने भएको छ ।
चापाकोट पर्यटन प्रवद्र्धन समितिले पोखरामा पत्रकार सम्मेलन गर्दै मंगलबार (भोलि) देखि महोत्सव सुरु हुने जानकारी दिएको हो । फेवातालको सिरानमा रहेको वडा २३ को स्थानीय उत्पादनसँगै पर्यटन र होमस्टेलाई प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको समितिको अध्यक्ष भीम पराजुलीले बताए ।
‘महानगरपालिकाको पनि कर्णाली क्षेत्र रहेको उक्त वडामा महोत्सवकै कारण पछिल्लो समय कालोपत्रे सडक निमार्ण कार्य थालिएको छ,उनले भने, ‘हामीले यहाँको विकासका लागि नै यो महोत्सव आयोजना गरेर नेतृत्व तहमा पुगेका नेताहरुलाई ल्याउने जमर्को गरेका छौँ ।’
पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा नौमती बाजा प्रतियोगिता, भजन प्रतियोगिता र रत्यौली प्रतियोगिता मुख्य आकर्षण रहेको चापाकोट पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष पराजुलीले जानकारी दिए । उनका अनुसार तिनै प्रतियोगिताको पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः ३३ हजार ३३३, २२ हजार २२२, ११ हजार १११ र ५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
महोत्सवमा यो वर्ष लप्सी, मह र दमौराको प्रदर्शनीसँगै बिक्री गर्ने गरिनेछ । महोत्सवमा महिला तथा पुरुष दौड प्रतियोगिता समेत आयोजना गरेको छ । प्रतियोगिताको विजेताले पाँच हजार रुपैयाँ दोस्रोले तीन हजार, तेस्रोले दुई र सान्त्वनाले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । भने प्रतियोगितामा सहभागिता जनाउन पुरुष तर्फ ५ र महिलातर्फ ३ सय शुल्क कायम गरेको कार्यक्रम संयोजक चेतनाथ देवकोटाले बताए ।
उनका अनुसार बाल नृत्यतर्फको विजेताले २ हजार ५ सय, दोस्रोले २ हजार, तेस्रोले १ हजार पाँच सय र सान्त्वनाले ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै दुना टपरी बुन्ने प्रतियोगितामा विजेताले २ हजार, दोस्रोले १५ सय, तेस्रोले १ हजार सान्त्वनाले ५ सय र सहभागि हुन् २ सय शुल्क कायम गरेको छ । झाकी प्रदर्शनी तर्फको विजताले ५ हजार, दोस्रोले ३ हजार, सान्त्वनाले १ हजार पुरस्कार पाउनेछन् ।
महोत्सवमा २५ लाख खर्च हुने आयोजकले जनाएको छ भने २५ हजारले दर्शकले महोत्सव अवलोकन गर्ने बताइएको छ । सचिव घनश्याम पराजुलीले महोत्सव स्थलसम्म जानका लागि पोखराको हल्लनचोकदेखि गाडीको व्यवस्था गरिएको जानकारी दिए ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

